विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने कांग्रेस शेखर कोइरालाको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीका पदाधिकारी, केन्द्रिय सदस्य, जिल्ला सभापति लगायत नेताहरूसँग छलफल गर्नुभएको छ । विशालनगरमा रहेको सम्पर्क कार्यालयमा आज भएको छलफलमा डा. कोइरालाले पार्टीभित्रको आन्तरिक द्वन्द्व, आउँदो चुनाव लगायबारे नेताहरूको सुझाव लिनुभएको छ ।

छलफलमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो बैठकले गरेका निर्णय, महामन्त्रीदय गगन थापा र विश्वप्रकाश शर्माले प्रश्ताव गर्नुभएको विशेष महाधिवेशनको विषय लगायतका सन्दर्भमा कसरी समन्वय गर्न सकिन्छ भन्नेबारेमा छलफल गरिएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।

छलफलमा सहभागी नेताहरुले आउँदो चुनावमा काँग्रेसलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका परियारले जानकारी दिनुभयो । विशेष महाधिवेशनका पक्षधहरु नेताहरुसँग डा. कोईरालाले परामर्श गरेर र थप निर्णय गर्नेगरी बैठक टुंगिएको सहमहामन्त्री परियारले जानकारी दिनुभयो ।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री परियार, विशेष महाधिवेशन पक्षधरका नेतृत्वकर्ता नेता देवराज चालिसे, केन्द्रीय सदस्य दीपक गिरी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, तेजुलाल चौधरी लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।   

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।