शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले घट्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । हिजो २६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ८१ अङ्कले घटेर २ हजार ७४४ दशमलव ४५ विन्दुमा झरेको छ ।

आज विकास बैंक, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा धेरै २ दशमलव २४ प्रतिशतले ओरालो लागेको छ ।

आज २३५ वटा कम्पनीको शेयर घटेकोमा ३० वटाको बढेको छ । यस्तै ४ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज कुमारी बैंकको डिबेन्चर २०९० सबैभन्दा धेरै साढे ११ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर १३ दशमलव ८१ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३५१ वटा कम्पनीका १ करोड २१ लाख कित्ता शेयर ४ अर्ब ९८ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।