पाँच दिनका लागि इारनको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न ट्रम्पको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएका सबै प्रकारका सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिनुभएको छ । सामाजिक सञ्जाल ट्रुथमा लेख्दै ट्रम्ले अमेरिकी रक्षा मन्त्रालयलाई यस्तो निर्देशन दिएको जानकारी गराउनुभएको हो ।

उहाँले इरानसँगको शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्ने विषयमा भएको पछिल्लो वार्ता अत्यन्तै सकारात्मक र उपलब्धिमूलक भएको दाबी गर्नुभएको छ । वितेका दुई दिनदेखि चलिरहेको छलफलपछि ट्रम्पले मध्यपूर्वमा चलिरहेको युद्ध र तनावको पूर्ण समाधानका लागि धेरै राम्रो कुराकानी भएको बताउनुभएको छ ।

ट्रम्पले आक्रमण रोक्ने निर्णय वार्तालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि लिइएको बताउनुभएको छ । इरान र अमेरिकाबीचको यो पछिल्लो संवादले मध्यपूर्वमा वर्षाैंदेखि चल्दै आएको सैन्य तनाव मत्थर हुने अपेक्षा गरिएको छ । 

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा विशेष सम्बोधन गर्दै मध्यपूर्वको तनाव तत्काल अन्त्य गर्न र संवाद–कूटनीतिबाट समाधान खोज्न आह्वान गर्नुभएको छ । नागरिक बस्ती तथा पावर प्लान्टमाथिको आक्रमण र स्ट्रेट अफ होर्मुजमा अवरोध अस्वीकार्य रहेको उहाँको भनाइ छ ।

ऊर्जा सुरक्षाका लागि पेट्रोलियम आयात स्रोत २७ देशबाट बढाएर ४१ देश पुर्‍याइएको र रणनीतिक भण्डार ६५ लाख मेट्रिक टन पुर्‍याउने काम भइरहेको उहाँले जानकारी निुभयो । युद्धग्रस्त क्षेत्रबाट ३ लाख ७५ हजार भारतीय स्वदेश फर्किसकेका छन् । मध्यपूर्वमा तनाव शुरू भएपछि मोदीले पहिलोपल्ट सार्वजनिक अभिव्यक्ति दिनुभएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।