नयाँ संसद् भवनमा आउँदाे अधिवेशन चलाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद् भवन निर्माणको गति बढाउन निर्देशन दिनुभएको छ । भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उहाँले आउँदो अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिनुभएको हो ।

अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको भन्दै निर्माणको तीव्रता नदेखिएको उल्लेख गर्नुभयो । यद्यपि पछिल्लो समय केही प्रगति भएको उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले केही दिनअघि मात्रै शहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार सम्पूर्ण भवन परिसरका सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन हुने कक्षहरू तयार हुनुपर्नेछ । चुनावपछिको सदन नयाँ भवनमै चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाव दिइएको दाहालको भनाइ छ ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।