सुन १ हजार ३ सय रुपैयाँले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै —   सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो कारोबारको दिन हिजो सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँले बढेर तोलामा ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेकोे छ । चाँदी आज तोलामा ३५ रुपैयाँले तोलाको ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।  चाँदी हिजो ९५ रुपैयाँले बढेर ५ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।