माइतीघरमा जेनजीको धर्ना, बबरमहल क्षेत्रमा एमाले समर्थित युवाको प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – काठमाण्डौको माइतीघरमा आज जेनजी प्रदर्शनमा घाइते भएकाहरूले धर्ना दिएका छन् । गएको भदौ २३ र २४ गते भएको जेन जी प्रदर्शनका क्रममा घाइते भएकाहरूले आज माइतीघर पुगेर धर्ना दिएका हुन् ।

त्यस्तै नेकपा एमाले समर्थित युवाहरूले पनि बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन् । एमालेको नेशनल भोलेन्टियर फोर्सले प्रदर्शन गरेको हो । काठमाण्डौको सामाखुशी र ललितपुरको जावलाखेलबाट र्‍याली शुरू गरी बबरमहल–बानेश्वर क्षेत्रमा उनीहरूले मार्च पाससहित प्रदर्शन गरेका हुन् ।

आज काठमाण्डौको सुरक्षा व्यवस्था कडा पारिएको छ । छुट्टाछुट्टै धर्ना र प्रदर्शनलाई मध्यनजर गरी ठूलो सङ्ख्यामा प्रहरी परिचालन भएका छन् । आज काठमाण्डौको ट्राफिक व्यवस्था पनि प्रभावित भएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।