उम्मेदवार बन्नको लागि मन्त्री बब्लु गुप्ताद्वारा राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । हिजो बेलुकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको र आज बिदा परेकाले भोलि मात्रै राजीनामा पत्र दर्ता हुने उहाँले बताउनुभएको छ ।

उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिराहा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । अहिले उहाँ रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगै जनकपुरको चुनावी अभियानमा हुनुहुन्छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।