सिमरा विमानस्थल क्षेत्रमा झडप, बेलुकी ८ बजेसम्म कर्फ्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – बाराको सिमरा विमानस्थल क्षेत्रमा झडप भएपछि कर्फ्यु आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले दिउँसो साढे १२ बजेदेखि बेलुकी ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गर्नुभएको हो ।

विमानस्थल आसपास क्षेत्रमा जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो । सिमरा विमानस्थलमा एमाले नेतालाई स्वागत गर्न भेला भएका कार्यकर्ता र जेनजी समूहबीच झडप भएको हो ।

आज बारामा हुने पार्टीको कार्यक्रमका लागि एमाले नेताहरू शङ्कर पोखरेल, महेश बस्नेतलगायत सिमरा जाने कार्यक्रम थियो । झडपपछि सिमरा विमानस्थलमा काठमाण्डौबाट विमान गएको छैन ।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।