प्रधानमन्त्री कार्कीबाट आज सर्वदलीय बैठक आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्री सुशीला कार्कीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाउनुभएको हो । निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई बैठकमा बोलाइएको छ ।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकारका प्राथमिकता, अहिलेसम्मका काम र चुनावबारे विभिन्न राजनीतिक दलसँग छलफल गर्न लाग्नुभएको हो । आजको बैठकमा दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी गराउने तयारी भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अन्तरिम सरकारले आउँदो फागुन २१ का लागि प्रतिनिधिसभाको चुनाव तोकेको छ । जेन–जी आन्दोलनपछि प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित सरकारको प्रमुख जिम्मेवारी तोकिएको मितिमा चुनाव सम्पन्न गराउनु रहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।